अमेरिकी ग्रीन कार्ड प्रक्रिया ६० दिनका लागि बन्द

बिएल संवाददाता

वासिङ्टन डीसी-अमेरिका

अमेरिकी ग्रीनकार्ड सम्बन्धी सम्पूर्ण गतिविधि र प्रक्रिया ६० दिनका लागि बन्द गरिने भएको छ। 

राष्ट्रपति ट्रम्पले जारी गर्न लागेको आप्रवासनसम्बन्धी अस्थायी रुपमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा यस्तो व्यवस्था गर्न लागिएको हो । 

मंगलबार ह्वाइट हाउसमा आयोजित कोरोना भाइरस प्रेस व्रिफिङमा राष्ट्रपति ट्रम्पले यस्तो जानकारी दिएका हुन्। उनले कोरोना भाइरस संक्रमणका कारण रोजगारी गुमाएका अमेरिकीको रोजगारी जोगाउन यस्तो आदेश जारी गर्न लागेको बताए।

उनले कार्यकारी आदेशको ड्राफ्ट तयार भैरहेको बताउँदै त्यसमा समावेश हुन लागेको थप व्यहोरा उनले दिएनन्। तर, उनले बुधबार साँंझसम्म जारी भैसक्ने चाँहि बताए। 

प्रकाशित मिति: : 2020-04-22 09:03:56

प्रतिकृया दिनुहोस्