एक वर्ष अगाडि अमेरिकाबाट फर्किएका ७८ वर्षीय पुरुषमा र्‍यापिड टेष्ट पोजेटिभ

पश्चिम नवलपरासीको बर्दघाटका एक वर्ष अगाडि अमेरिकाबाट फर्किएका ७८ वर्षीय वृद्धमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ । 

बर्दघाट नगरपालिका–४ का ती ७८ वर्षीय पुरुषको र्‍यापिड टेस्ट चिसापानी सामुदायिक अस्पतालमा गरिएको थियो । दुई पटकसम्म टेस्ट गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

हाल उनलाई जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीमा भर्ना गरेर चिकित्सकहरुको निगरानीमा राखिएको छ ।

उनको थ्रोट स्वाब संकलन गरी थप परीक्षणका लागि भैरहवा पठाइएको जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीका निमित्त प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्द नरुल होदाले जानकारी दिए । 

उनीसँगै उनका परिवारका सबै सदस्यहरुको र्‍यापिड टेष्ट गर्दा अन्यको रिपोर्ट नेगेटिभ आएको थियो ।
 

प्रकाशित मिति: : 2020-04-22 08:46:12

प्रतिकृया दिनुहोस्