चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोड बढीको सम्झौता

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोड बढीको सम्झौता गरेको छ ।

ओम्नी विजनेश कर्पोरेसन इन्टरनेश्नलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो । सेनाले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई स्वास्थ्य उपकरण र औषधि विक्रीका लागि प्रस्ताव राखेको थियो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेकाअनुसार चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री ३ सय ४० टन ल्याइनेछ । जसका लागि १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर अर्थात २ अर्ब २५ करोड बढीको सम्झौता भएको छ ।

उनका अनुसार चीनबाट स्वास्थ्य सामाग्री र भारतबाट औषधि ल्याइने छ । सबैस्वास्थ्य सामाग्री हवाई र स्थलमार्गबाट ल्याइनेछ ।

प्रकाशित मिति: : 2020-04-21 16:05:50

प्रतिकृया दिनुहोस्