भारतमा देशव्यापी रुपमा जारी लकडाउनलाई केही खुकुलो पारिएको छ।
गएको मंंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले सर्तसहित लकडाउन खुकुलो पार्ने बताए थिए। त्यही निर्णयअनुसार गएको बुधबार भारत सरकारले निर्देशिका जारी गरेको थियो। त्यही निर्देशिकाअनुसार आजदेखि लकडाउन खुकुलो पारिएको हो ।
कोरोना महामारी नियन्त्रणमा जोड दिँदै कोरोनाको बढी सङ्क्रमण नदेखिएका ठाउँमा गएरातिदेखि लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको केन्द्रीय गृह मन्त्रालयले जनाएको छ।
सरकारले ग्रामीण अर्थव्यवस्था परिवर्तनको लागि ग्रामीण क्षेत्रमा केही आर्थिक गतिविधि गर्न अनुमति दिएको बीबीसीले जनाएको छ ।
यस्तै राज्य सरकारले ठूला औद्योगिक क्षेत्रमा सञ्चालनमा विशेष ध्यान दिन पनि निर्देशन दिएको छ । विशेषगरी यस्ता इकाईमा मजदुरलाई परिसरमै रहने व्यवस्था गर्न पनि सरकारले जोड दिएको छ ।
यी क्षेत्रमा लकडाउन खुकुलो पारियाे
– खेती, बागवानी र कृषिसँग जोडिएका गतिविधि सुचारु गर्न अनुमति ।
– सबै स्वास्थ्य सेवा सुचारु हुने ।
– कामदारलाई काम गर्न दिइने तर सामाजिक दूरी भने पालना गर्नुपर्ने ।
– कृषिसँग जोडिएका सामान, कारखाना र ढुवानीसँग सम्बन्धित काम हुने ।
–औषधि बनाउने कम्पनी र मेडिकल उपकरण बनाउने कम्पनी खुल्ने ।
–चिया, कफी र रबर उद्योग ५० प्रतिशत कर्मचारी राखेर सुचारु गर्न अनुमति ।
–तेल र ग्याससँग सम्बन्धित सबै गतिविधि जारी रहने ।
–हुलाक सेवा जारी रहने ।
–गौशाला र जनावरको संरक्षण क्षेत्र खुल्ने ।
–आवश्यक औषधि आपुर्ति जारी रहने ।
–निर्माण कामको लागि अनुमति ।
–राजमार्गका पसल, ट्रक बनाउने ग्यारेज र सरकारी कामसँग सम्बन्धित कल सेन्टर सुचारु ।
–विद्युतीय, आईटी मर्मत गर्ने व्यक्ति, पलम्बर, मोटर मेकानिक, सिकर्मी र त्यस्तै स्वरोजगार गर्नेलाई काम गर्न दिइने ।