चर्चित कार्टुन ‘टम एण्ड जेरी’का निर्देशक जिनी डिचकाे निधन

‘टम एण्ड जेरी’का निर्देशक एवं ओस्कार विजेता डिजाइनर जिनी डिचको निधन भएको छ। बिहीबार राति पाराग्वेस्थित एक अपार्टमेन्टमा उनको ९५ वर्षको उमेरमा निधन भएको हो।

उनलाई सबैले टमका लागि सबैभन्दा राम्रो र उत्कृष्ट डिजाइनर मान्थे। त्यसैले उनले टम टेरेफिक सिरिज नै बनाए। टम एण्ड जेरी उनले १३ भागसम्‍म बनाएका थिए। 

फिल्म निर्देशक, एनिमेटर तथा उत्कृष्ट डिजाइनरसमेत रहेका डिचको चलचित्र  ‘मुनरो’ ले सन् १९६० मा एकाडेमी अवार्ड फर बेस्ट एनिमेटेड सर्ट फिल्म जितेको थियो। उनले दोस्रो पटक सन् १९६४मा पनि ‘हियर्ज नुदनिक’ र हाउ टु अभोइड फ्रेन्डशीप’का लागि सोही अवार्ड जितेका थिए।

यसका साथै उनले सिड्नीज फ्यामिली ट्री नामक अर्को सिरियल नै तयार पारे र सन् १९५८मा पुनः एकेडेमी अवार्ड हात पारेका थिए।

अमेरिकाको सिकागोमा सन् १९२४, अगस्ट ४ तारिखमा जन्मिएका उनी सन् १९५९ मा १० दिनका लागि पाराग्वेमा बस्न गएका थिए।

प्रकाशित मिति: : 2020-04-21 06:55:41

प्रतिकृया दिनुहोस्