‌‌‌‌‌ ओली सरकार सुध्रनै नसक्ने गरी रसातलमा भासियो: डा. बाबुराम भट्टराई

बिएल संवाददाता

काठमाडाै‌ं

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले दल विभाजन सहज हुने गरी अध्यादेश जारी गर्नु सरकार सुध्रनै नसक्ने गरी रसातलमा भासिएको प्रमाण भएको बताएका छन्।

सोमबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदको काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेकोप्रति भट्टराईले ट्वीटरमार्फत टिप्पणी सार्वजनिक गरेका हुन्।


उनले सरकारले जुनसुकै पार्टी फुटाउने लक्ष्य राखेको भए पनि त्यो लोकतन्त्रविरुद्धको गम्भीर अपराध हुने टिप्पणी गरेका हुन्।

भट्टराईले सरकारको यो कदमबाट देश संकटमा फस्दै गएको पनि बताएका छन्।

उनले लेखेका छन् ‘सम्पूर्ण देश एकढिक्का भएर कोरोनाविरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो। जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्त्रविरूद्ध गम्भीर अपराध हो। देश थप संकटमा फस्दैछ १ लोकतन्त्रका हत्यारादेखि सावधान !’

प्रकाशित मिति: : 2020-04-20 21:29:43

प्रतिकृया दिनुहोस्