श्री एयरलाइन्स मङ्गलबार सिङ्गापुर उड्दै

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले मङ्गलबार सिङ्गापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको हो। यो चार्टर उडानका लागि भारत, बङ्गलादेश, म्यान्मार, थाइल्याण्डलगायत मुलुकसँग ‘ओभरफ्लाई’ को अनुमति लिनुपर्ने आवश्यक प्रक्रिया पूरा भइसकेको छ।

कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याउन उडान अनुमति पाएको जानकारी दिए । मङ्गलबार बिहान सिङ्गापुर उडान भरेर श्रीको जहाज भोलि नै काठमाडौँ फर्कनेछ ।

श्रीले सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत निःशुल्क चार्टर्ड उडान गर्न लागेको जनाएको छ। यसअघि आवश्यक प्रक्रिया पूरा गरेर श्रीले शुक्रबार सिङ्गापुर उडान भर्ने योजना बनाएको भए पनि सिङ्गापुरको कम्पनीकोतर्फबाट सामान जम्मा गर्न केही विलम्ब भएको जवाफ दिएपछि उडान हुन नसकेको श्री एयरलाइन्सले जनाएको छ।

श्री एयरलाइन्सले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो ।

प्रकाशित मिति: : 2020-04-20 15:00:55

प्रतिकृया दिनुहोस्