कोरोना अपडेट : १ लाख ६५ हजार बढीको मृत्यु, एकैदिन ७६ हजार नयाँ संक्रमित थपिए

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमा अहिलेसम्म १ लाख ६५ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

यो समाचार तयार पार्दासम्म २४ लाख ८ हजारभन्दा बढी मानिसमा संक्रमण फेला परेको छ। जसमध्ये ६ लाख २५ हजार निको भएर घर फर्किएका छन्। अझै १६ लाख १८ हजार मानिस उपचार गराइरहेका छन्। जसमध्ये ५४ हजार २ सय भन्दा केही बढीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ४० हजार ५६५ जनाको मृत्यु भएको छ भने ७ लाख ६४ हजार २६६ जनालाई संक्रमण भएको छ ।

आजमात्रै त्यहाँ ४३३ नयाँ संक्रमित थपिएका छन् भने आजै १२ जनाले ज्यान गुमाईसकेका छन्। अमेरिकामा १३ हजार ५६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा २० हजार ४५३ जनाको ज्यान गएको छ भने १ लाख ९८ हजार ६७४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण २३ हजार ६६० जनाले ज्यान गुमाएका छन् भने १ लाख ७८ हजार ९७२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा अहिलेसम्म १९ हजार ७१८ जनाले ज्यान गुमाएका छन् भने १ लाख ५२ हजार ८९४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण ४ हजार ६४२ जनाको ज्यान गएको छ भने १ लाख ४५ हजार ७४२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेलायतमा १ लाख २० हजार ६७ जनालाई संक्रमण भएको छ भने १६ हजार ६० जनाको ज्यान गएको छ ।

त्यस्तै बेलायतमा १६ हजारभन्दा बढीले ज्यान गुमाउँदा १२० हजारभन्दा बढी संक्रमित छन्।

त्यस्तै कोरोना भारसको उद्गमस्थल चीनमा आज १२ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै चीनमा ४६३२ जनाले ज्यान गुमाएका छन्।

दक्षिण एसियाली राष्ट्र भारतमा पछिल्लो २४ घन्टामा १२५० नयाँ संक्रमित थपिँदा ५५९ ले ज्यान गुमाइसकेका छन्। भारतमा संक्रमित १७ हजार ६ सय भन्दा बढीमध्ये १४ हजार २ सयभन्दा बढीले अझै उपचार गराइरहेका छन्।

नेपालमा ४ जनाले कोरोना जितेर स्वस्थ्य हुँदा २८ जना उपचार गराइरहेका छन्।

प्रकाशित मिति: : 2020-04-20 11:32:00

प्रतिकृया दिनुहोस्