अफगानिस्तानको राष्ट्रपति कार्यालयका दर्जनौ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

बिएल संवाददाता

काठमाडाै‌ं

अफगानिस्तानको राष्ट्रपति कार्यालयमा कार्यरत दर्जनौ कर्मचारीलाई कोरोना संक्रमण पोजेटिभ भएको खबर बाहिर आएको छ ।

कार्यालयका कर्मचारीमा सुरुमा २० जनामा संक्रमण देखिएको भएपनि अहिले ४० जनामा संक्रमण पुष्टि भएको छ। यसबारेमा अफगानिस्तानले भने कुनै प्रतिक्रिया दिएको छैन र राष्ट्रपति असरफ घानीको स्वास्थ्यअवस्थाका बारेमा पनि केही बताइएको छैन । तर आइतबार राष्ट्रपति अशरफ घानीले भिडियो कन्फ्रेरेन्समार्फत बैठक गरेका छन् ।

अर्का एक बरिष्ठ अधिकारीका अनुसार एकहप्ता भन्दा पहिलेदेखि नै राष्ट्रपति कार्यालयका कर्मचारीहरुले कोरोना परीक्षण गराउँदै आएका थिए ।

तीमध्ये दर्जनौलाई कोरोना पोजेटिभ देखिएको छ। कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुलाई क्वारेन्टाइनमा पठाइएको समेत ती अधिकारीले बताए । तर उनले विस्तृत विवरण भने दिन चाहेनन् । 

‘राष्ट्रपति कार्यालयभित्र २० जनाभन्दा बढी मानिस कोरोना संक्रमति छन्, तर बाहिर कुनै त्रास नभएको जस्ता देखिन्छ र यो घटनालाई गोप्य राखिएको छ’ एक सरकारी अधिकारीले भने । अफगानिस्तास्तानमा मार्चको पहिलो हप्ता कोरोना संक्रमणको पहिलो केश देखिएको थियो । त्यसपछि  पनि राष्ट्रपति कार्यालयमा धेरै पछिसम्म पाहुनाहरुको भीड बढेको जनाइएको छ । 

प्रकाशित मिति: : 2020-04-20 08:01:55

प्रतिकृया दिनुहोस्