उत्तरपश्चिम नाइजेरियाको कटासिनामा बन्दुकधारीको आक्रमणमा ४७ जना मारिएका छन् ।
हतियारधारी लुटेराहरुको समूहले ग्रामीण क्षेत्रमा लुटपाट मच्चाउने क्रममा सर्वसाधारणको हत्या गरेको स्थानीय प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
राष्ट्रपति मुहम्मद बुहारीले विज्ञप्ती निकालेर हतियारधारीले निर्दोष नागरिकको हत्या गरेको पुष्टि गरेका छन् ।
उनले दोषीहरुमाथि कानुनी कारवाही गर्ने प्रतिवद्धतासमेत जनाएका छन्।
हतियारधारी समूहहरुका कारण सबैभन्दा बढी जनसंख्या भएका अफ्रिकन मुलुकहरुमा सुरक्षा चुनौती थपिएको छ।
गत वर्ष पनि उत्तर पश्चिम नाइजेरियामा बन्दुकधारी लुटेराहरुको आक्रमणका कारण सयौं सर्वसाधारणको हत्या भएको थियो ।
साम्प्रदायिक हिंसा रोक्न भएका प्रयासहरु पर्याप्त नभएको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् ।