अमेरिकी सरकारले कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई आर्थिक सहायता दिने

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी सरकारले कोरोना भाइरसका कारण समस्यामा परेका साना व्यवसायीहरुलाई आर्थिक सहायता दिने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले डेमोक्र्याट्स र रिपब्लिकनहरुसँग आर्थिक सहायताका लागि सम्झौता हुन लागेको बताएका हुन्।

यसका लागि डेमोक्र्याट्स र रिपब्लिकनहरुले सरकारलाई सहमति दिसकेका छन्।

गत महिना अमेरिकाले कोरोना भाइरसको महामारीबाट बच्नका लागि दुई खर्ब डलर भन्दा बढीको कोरोना भाइरस आर्थिक राहत योजना कोष स्थापना गरेको थियो।

उक्त कोषमार्फत साना उद्योगी र व्यवसायीहरुलाई आर्थिक सहायता प्रदान गर्न सकिने राष्ट्रपति ट्रम्पले बताउँदै आएका थिए। 

अमेरिकामा कोरोनाका कारण ७ लाख ६५ हजार भन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ४० हजार पाँच सय भन्दा बढी रहेको छ।

विश्वभर २४ लाख पाँच हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् भने करिव एक लाख ६५ हजार मानिसको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-04-20 07:01:20

प्रतिकृया दिनुहोस्