कोरोना भाइरसबाट घरदेशमा कसैको चोला नउठेको प्रिय खबर आइरहेको बेला परदेशमा भने ३० नेपालीले ज्यान गुमाएको अप्रिय खबर प्राप्त भएको छ।
परदेशमा बस्ने नेपालीको छाता संस्था मानिएको गैरआवासीय नेपाली संघ (एनआरएन) का स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले यो तथ्यांक बाहिर ल्याएका हुन्।
उनका अनुसार अहिलेसम्म पाँच देशमा रहेका ३० जना गैरआवासीय नेपालीले कोभिड-१९ बाट ज्यान गुमाएका छन्। ज्यान जानेमा सबैभन्दा बढी बेलायतमा १८ जना रहेका छन् भने दोस्रो स्थानमा रहेको अमेरिकामा ८ जनाको ज्यान गएको छ। यसैगरी युएईमा २ र आयरल्यान्ड तथा नेदरल्याण्ड्समा १-१ जना नेपालीको ज्यान कोभेिड-१९ ले लगेको छ।
कोरोना भाइरसबाट घरदेशमा कसैको चोला नउठेको प्रिय खबर आइरहेको बेला परदेशमा भने थुप्रै नेपालीले ज्यान गुमाएको अप्रिय खबर प्राप्त भएको छ। परदेशमा बस्ने नेपालीको छाता संस्था मानिएको गैरआवासीय नेपाली संघ (एनआरएन) का स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अहिलेसम्म ५ देशका ३० गैरआवासीय नेपालीको मृत्यु भैसकेको छ भने २१ देशमा १,१६६ संक्रमित भएका छन्।
डा. सापकोटाले २१ देशका एकहजार एक ६६ गैरआवासीय नेपालीमा कोरोना संक्रमण देखिएको बताए। उनका अनुसार हालसम्म अमेरिकामा ७ सय, बेलायतमा २ सय, युएईमा ७१, आयरल्यान्ड र पोर्चुगलमा २२, कुवेतमा २१, अस्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा ५, बेल्जियममा ४, मलेसिया र क्यानडामा ३, माल्टामा २ संक्रमित फेला परेका छन्। यसैगरी फ्रान्स, जापान, म्यानमार र हङकङमा १–१ जनामा संक्रमण देखिएको छ।
तर, कतिपय देशका गैरआवासीय नेपालीले कोरोना भाइरस संक्रमण लुकाएको र कतिपय मृतकको तथ्यांक पनि यसमा नजोडिएकोले योभन्दा बढी नै नेपाली कोरोना भाइरस प्रभावित भएको अनुमान गरिएको छ।