भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कमी, संक्रमित भने बढे

भारतमा कोरोना भाइरसबाट  मृत्यु हुनेको संख्यामा कमी आएको छ।  

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २७ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितको संख्या भने अघिल्लो दिनको तुलनामा बढेका छन्।

पछिल्लो २४ घण्टामा भारतमा एक हजार तीन सयभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन्। यससँगै भारतमा समग्र संक्रमितको संख्या पनि १५ हजार सात सय १२ पुगेको छ। अघिल्लो दिनको तुलनामा भने भारतमा यसबाट मृत्यु हुनेको संख्यामा कमी आएको हो।

अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच सय सात पुगेको हो। 

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय ११ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ। त्यस्तै मध्यप्रदेशमा ७०, गुजरातमा ५३, दिल्लीमा ४२ जनाको मृत्यु भएको छ।

भारतको उत्तर प्रदेशमा १४ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म नौ सय ६९ संक्रमित देखिएका छन्। त्यस्तै बिहारमा ८६ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ।

अहिलेसम्म भारतमा दुई हजार दुई सय ३१ संक्रमित निको भइसकेका छन्।

प्रकाशित मिति: : 2020-04-19 11:56:35

प्रतिकृया दिनुहोस्