लकडाउनमा ट्र्याक्टरले खेत जोत्दै अभिनेता धर्मेन्द्र

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस भारतमा पनि फैलिइरहेको छ। 

कोरोनाबाट नागरिकलाई बचाउनका लागि भारतीय सरकारले विभिन्न सतर्कता अपनाइरहेको छ। अहिले सामाजिक सञ्जालहरुमा बलिउड कलाकारहरु घरमै बस्न तथा आफ्नो स्वास्थ्यको ख्याल राख्न अपिल गरिरहेका छन्। 

यस्तैमा बलिउड अभिनेता धर्मेन्द्र लकडाउनको समय मुम्बईमा रहेको आफ्नो फार्महाउसमा बिताइरहेका छन्।

८४ वर्षीय अभिनेता धर्मेन्द्र सामाजिक सञ्जालमा समेत सक्रिय छन्। उनले ट्वीटर उनले एउटा १८ सेकेण्डको भिडियो पोष्ट गरेका छन्। जसमा उनी आफ्नो फार्म हाउसमा ट्याक्टरले खेत जोत्दै गरेको अवस्थामा देखिएका छन्।

उनी भिडियोमा भन्छन्,‘यति सानो खेत त म जसोतसो जोतिहाल्छु, यसमा थोरै  ‘एक्सरसाइज’ पनि हुन्छ।’

प्रकाशित मिति: : 2020-04-19 06:53:44

प्रतिकृया दिनुहोस्