न्युयोर्कमा आमाबाट १७ छोराछोरीमा सर्‍याे भाइरस

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकाको न्युयोर्कस्थित पेनफिल्डकी स्थायीवासिन्दा ब्रिटनी जेन्सिकको असावधानीका कारण दुर्भाग्यपूर्ण रूपमा १७ सन्तानमा कोरोना भाइरसको संक्रमण सरेको छ। 

१८ छोराछोरीकी आमा जेन्सिकमा कोरोनाको कुनै लक्षण देखिएको थिएन तर उनी पाँच साताअघि नै संक्रमित भएको दावी गरिएको छ। जेन्सिक बिस्तारै बिरामीबाट थलिएपछि र उनले पालेको एउटा छोरामा कोरोना संक्रमणको लक्षण देखिएपछि परिवारका सबै सदस्य सर्तक भएका थिए। तर, दुर्भाग्य चेकजाँचका क्रममा परिवारका अन्य १७ सदस्यलाई नै कोरोनाको संक्रमण भइसकेको थियो। 

‘यो सुनेपछि म डराएकी थिए,’ जेन्सिकले भनिन्, ‘मलाई पहिले नै संक्रमण भइसकेको रहेछ। मर्छु भनेर खुब डर लागेको थियो।’

उनले कोरोनाको संक्रमण आफूमा कसरी भयो भन्ने थाहा नभएको बताइन्। उनी अहिले स्वास्थ्य लाभ गरिरहेकी छिन्। गत सातादेखि ‘आइसोलेसन’ मा बसेकी उनले आफ्नो साथी माट मोरेनो, जो प्युरिफाई ग्लोबलका सिइओ हुन्, उनलाई बोलाएर पुरै घर सेनिटाइज गर्न लगाएकी थिइन। 

३० हजार बढी अमेरिकीको ज्यान लिइसकेको कोरोना भाइरसको विषयमा उनी राम्रो जानकारी राख्छिन्। 
अहिले परिवारका अन्य सदस्य सबै ‘सेल्फ क्वारेन्टाइन’ मा छन्। न्युयोर्कमा मात्र शुक्रबारसम्म १२ हजार ८ सय २२ जनाको निधन भइसकेको छ। 
 

प्रकाशित मिति: : 2020-04-18 17:05:43

प्रतिकृया दिनुहोस्