नेपालमा शु्क्रबार एकैदिन १४ जनामा कोरोना, ३० पुग्यो संक्रमित संख्या

नेपालमा कोरोना भाइरसका कारण कसैको मृत्यु नभएको सुखद समाचार रहे पनि संक्रमितको संख्या भने ह्वात्तै बढेको छ। शुक्रबार १४ जना नयाँ संक्रमित थपिएपछि नेपालमा पनि संक्रमित संख्या ३० पुगेको छ। 

शुक्रबार उदयपुरस्थित एक मस्जिदमा १२ संक्रमित भेटिएका छन्। उनीहरूमध्ये अधिकांश भारतीय नागरिक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन्। 

नेपालमा शु्क्रबार एकैदिन १४ जनामा   कोरोना पोजेटिव पाइएपछि  कूल कोरोना संक्रमितको संख्या ३० पुगेको छ। संक्रमितमध्ये पहिलो संक्रमित निको भैसकेका छन भने बाँकिको आइसोलेसनमा उपचार भैरहेको छ। 

यसैगरी चितवनका आमा छोरामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ। बेलायतबाट एक महिनाअघि फर्किएका उनीहरूको स्वाब रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरू पनि कोरोना संक्रमित संख्यामा जोडिएका हुन्। 

नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको मृत्यु भएको पुष्टी भएको छैन। यद्यपि, यस बीचमा निधन भएका केहीमा कोरोना भएको थियो कि भन्ने आशंका भने जन्मिएकै छ। तर, सरकारले भने कसैको कोरोनाबाट मृत्यु नभएको बताउँदै आएको छ। 

नेपालमा कोरोना संक्रमित ३० मध्ये पहिलो संक्रमित निको भैसकेका छने भने बाँकिको आइसोलेसनमा राखेर उपचार भैरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ। 

पछिल्लो विवरणअनुसार नेपालका ७७ जिल्लामध्ये ८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कैलालीमा ४, पर्सामा ३, बाग्लुङमा २, उदयपुरमा १२, चितवनमा २ र कञ्चनपुर र रौतहटमा १-१ जना रहेका छन्। 

प्रकाशित मिति: : 2020-04-18 02:53:58

प्रतिकृया दिनुहोस्