चीनको ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं आइपुगेका छन्। एउटा जहाज बिहान ७ बजे र अर्को जहाज बिहान सात बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
एउटा जहाज सजिलै अवतरण गरे पनि अर्को एउटा जहाजले भने धावनमार्गमा टेक्नै लाग्दा ओभरसुट गरेको थियो।
नेपालका निजी क्षेत्रले औषधि र उपकरण ल्याउनको लागि फ्लास फ्रेटले र साङ्ग्रिला फ्रेटले जहाज चार्टर्ड गरेका हुन्। यी जहाज बिहीबार ५ बजेर ५४ मिनेटमा साँझ पौने ६ बजे ग्वान्झाउको लागि उडेका थिए।
सामान बोकेर आएको एउटा उडान नम्बर ४१७२ वाइडबडी जहाजले भने ओभरशुट गरेको छ। धावनमार्ग नजिकै पुगेको बेला पाइलटले ठम्याउन नसक्दा जहाजले ओभरशुट गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।
‘पाइलट सायद केही कन्फ्युज भए होलान् त्यसैलै ओभरसुट गराए’ एक अधिकारीले भने।
ओभरशुट गरेको जहाज भीमफेँदी हुँदै निजगढमाथिको आकाशमा पुगेर फेरि विमानस्थलमा सफल अवतरण गरेको छ।