जर्मन चान्सलर आंगेला मर्केलले बिस्तारै लकडाउन खुकुलो पार्दै जाने घोषणा गरेकी छन्।
कोरोना भाइरसको महामारी फैलिएका कारण संक्रमण बिस्तार नहोस् भन्नका लागि जर्मनी लकडाउनमा छ। कडा नियमका कारण महामारी नियन्त्रणको दिशामा देश गएको चान्सलर आंगेलाले उल्लेख गरेकी छन्।
जर्मनीको आधिकारिक तथ्यांक अनुसार अहिलेसम्म एक लाख २७ हजार ५८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३२ सय ५४ जनाको निधन भएको छ।
तर अब बिस्तारै केही खुकुलो बनाउँदै लैजाने घोषणा उनले गरेकी छिन् यसका लागि सामाजिक दूरीसहितका नियमहरु भने कम्तिमा आउँदो मे ३ सम्म कायम रहने छ।
आउँदो मे ४ देखि विद्यालय पनि सञ्चालनमा आउने जनाइएको छ।
चान्सलर आंगेलाले पसल तथा सार्वजनिक स्थल वा सार्वजनिक बस चढ्दा मास्क अनिवार्य रुपमा लगाउन पुनः आग्रह गरेकी छन् आउँदो हप्तादेखि केही पसलहरु खुला हुने छन्।
धार्मिक सभासहित ठूला सार्वजनिक कार्यक्रमहरु आउँदो अगस्ट ३१ सम्म बन्द रहने छन्। यस्तै बार, क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा सांगीतिक कार्यक्रम स्थलहरु पनि बन्द नै हुने छन्।