मध्यपुरथिमि नगरपालिकाले गरायाे रक्तदान कार्यक्रम

कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले गरेको लकडानका कारण नेपाल रक्तसंचार केन्द्र, भक्तपुरमा रगतको चरम अभाव भएपछि आकस्मिक रक्तदान कार्यक्रम संचालन गरिएकाे छ।

मध्यपुरथिमि नगरपालिका वडा नं १, लोहकिल्थलीको आयाेजनामा दिब्यश्वरी मन्दिर प्राङ्गणमा रक्तदान कार्यक्रम गरिएकाे हाे। बुधबार गरिएकाे रक्तदान कार्यक्रममा ४७ जनाले रगत दिएको सहभागि निरज बाडेले बताए।

अहिले काठमाडौं लगायत उपत्यका ३ जिल्लामा रगतको हाहाकार भएको छ। सरकारले अस्पतालको ओपिडी सेवा बन्द गराए पनि सुत्केरी, डायलासिस र आकस्मिक शल्यक्रियाका लागि रगतको माग उच्च छ।

 

प्रकाशित मिति: : 2020-04-15 20:08:42

प्रतिकृया दिनुहोस्