चितवनमा र्यापिड डाइग्नेष्टिक टेस्ट (आरडीटी) गर्दा एक जनामा कोरोना पोजेटिभ देखिएको छ।
गुञ्जमान सिंह अस्पतालमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रबाट ३९ जनाको आरडीटी टेस्ट गरिएकोमा एक जनामा पोजेटिभ देखिएको हो। पोजेटिभ रिपोर्ट आएका व्यक्ति एक महिनाअघि बिदेशबाट आएको अस्पतालले जनाएको छ।
पोजेटिभ देखिएको स्वाबको नमुना पुन: परीक्षणका लागि भरतपुर पठाइएकाे छ।
अस्पतालले आजै तीन थप जनाको टेस्ट गरेर भरतपुर पठाएपनि रिपोर्ट आइनसकेको जनाएको छ ।