मर्निङवाक र इभिनिङवाक रोक्न अनुरोध

महालक्ष्मी नगरपालिकाले नागरवासीलाई दैनिक बिहान हिँड्ने मर्निङवाक र साँझमा हिँड्ने इभिनिङवाक तत्काल रोक्न अनुरोध गरेको छ।
 
काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै थप सतर्कता अपनाउन आवश्यक रहेको महसुस गरी नगरपालिकाले सो अनुरोध गरेको हो।

अत्यावश्यकबाहेकका अन्य काममा घरबाहिर ननिस्कन पटक–पटक अनुरोध गरे पनि नरोकिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठको गुनासो छ।

 'हामीले धेरैपटक नगरवासीलाई मनिङवाक र इभिनिङवाक नहिँड्न अनुरोध गरे पनि यो क्रम रोकिएको छैन', उनले भने, 'नगरवासीको आवतजावत रोक्न टोलटोलका सडक पूर्ण बन्द गरौँ भने पनि कसैलाई तत्काल केही पो पर्छ कि ! भन्ने डर पनि रहेको छ।' नगरपालिकाको टोलटोलमा अपरिचित व्यक्तिलाई आउन निषेध गर्नसमेत आवश्यक रहेको श्रेष्ठको भनाइ छ।

प्रकाशित मिति: : 2020-04-15 14:03:50

प्रतिकृया दिनुहोस्