बहराइनमा २२ जना कोराना संक्रति नेपालीको उपचार भइरहेको छ। त्यहाँका विभिन्न स्थानमा नेपाली संक्रमितको उपचार तथा हेरचाह भइरहेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बिएल नेपाली सेवालाई जानकारी दिए ।
राजदूत सुन्दासका अनुसार गत मार्च २२ मा पहिलोपटक तीन जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि अप्रिल २ मा थप ९ जनामा र अप्रिल ८ मा फेरि १० जना थपिएर २२ जना नेपालीमा संक्रमण पुष्टि भएको उनले बताए।
संक्रमित सबैको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
बहराइनमा रहेका नेपालीलाई खास धेरै समस्या नरहेको र परिहाले दूतावासले सहयोग गर्ने राजदूत सुन्दासले जानकारी दिए। उनले भने, ‘यहाँ कानूनी ढंगले काम गरिरहेका नेपालीहरुलाई अहिलेसम्म खान बस्नको समस्या परिहालेको छैन। काम रोकिए पनि पहिला कमाएको कामबाट खाइरहेका छन्। अधिकांशका सम्बन्धित कम्पनीले जिम्मा लिएका छन्। त्यस्तो परिहाले दूतावास छँदैछ।’
बहराइनमा अहिले सरकारी तथ्यांकअनुसार करिब ३५ हजार नेपाली छन्।