काठमाडौंको काँडाघारीस्थित पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा फेला परेका दुई कोरोना संक्रमितको आफन्तको घरमा प्रहरीले शील गरेको छ।
उनीहरुको आफन्त रहेको काठमाडौंको मुलपानीस्थित ग्रिनहिल अपार्टमेन्टमा प्रहरीले मंगलबार शील गरेकाे हाे। त्यहाँ बस्ने उनीहरुलाई परिक्षण गरी होम क्यारेनटाईमा बस्न आग्रह गरिएकाे महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नविन कार्कीले बिएल नेपाली सेवालाई जानकारी दिए।
‘सनसीटीमा कोरोना संक्रमिण फेला परेकाको छोरीको घर भएको भन्ने खुल्नमा आएको छ,’उनले भने,‘ हामीले उहाँहरु त्यहाँ गएको आशंकामा शील गरेर घरका सदस्यहरुलाई परिक्षणका साथै होम क्यारेनटाईनमा बस्न आग्रह गरेका छौं।’
त्यसैगरी प्रहरीले स्थानीय निकाएको सहयोगमा ग्रिनहिलमा बस्ने बिदेशबाट आएकाहरुलाई पहिचान गरी परिक्षण थालेको छ।
डीएसपी कार्कीका अनुसार हिजोसम्म त्यहाँ बस्ने १७ जना बिदेशबाट आएकाहरुको नाम संकलन गरिएको छ।
सनसिटीमा आजदेखि र्यापिड टेस्ट
सनसिटी अपार्टमेन्टले स्थिति सहज पार्नका लागि प्रयास जारी रहेकाले नआत्तिन आग्रह गरेको छ।
बेलायतबाट फर्केर अपार्टमेन्टमा बसिरहेका आमा र छोरामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि त्यहाँ त्रास बढेको छ।
प्रहरीले उक्त अपार्टमेन्टलाई शील गरेको छ भने कसैलाई बाहिर आउन अनुमति दिइएको छैन।
अपार्टमेन्टका अध्यक्ष तिलक बस्नेतले स्थिति सहजीकरणका लागि संयुक्त प्रयास जारी रहेकोले संयमित रहन आग्रह गरेका छन्।
आज बुधबार बिहान ९ बजेदेखि अपार्टमेन्टको ए टावरबाट र्यापिड टेष्ट हुने जानकारी सरकारबाट प्राप्त भएको उल्लेख गर्दै उनले वर्तमान परिस्थितिलाई सहज बनाउन सबै सरोकारवाला निकायसँग निरन्तर समन्वयमा रहेको पनि जानकारी दिएका छन्।