रसुवामा तीन दिनमा २० जनाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरिएको छ। परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको छ ।
रसुवा अस्पतालमा चार र जीवजीवे ग्रामीण अस्पतालमा १६ जनामा परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।
जीवजीवे ग्रामीण अस्पतालका हेल्थ असिस्टेन्ट उत्सव पौडेलका अनुसार परीक्षण गर्ने क्रम चलिरहेको उनले बताए। परीक्षण गरिएका सबै विदेशबाट फर्किएका व्यक्तिहरु हुन् ।
गएको चैत १ गतेदेखि २३ जना व्यक्ति विदेशबाट आएको देखिएको कोभिड सूचना केन्द्र रसुवाले जनाएको छ ।