इटालीमा कोरोना नियन्त्रण हुने आशा पलायाे, मार्च १३ यताकै सबभन्दा न्यून नयाँ संक्रमित

बिएल संवाददाता

काठमाडाै‌ं

इटालीमा मार्च १३ यताकै सबभन्दा न्यून नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन्।

गत २४ घण्टाको अवधिमा ६०२ जनाले ज्यान गुमाएका छन्। भने २ हजार ९७२ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।

लगातार संक्रमण र मृत्युदर घटिरहेको इटालीमा कोरोना नियन्त्रण हुने संकेत देखिएको छ। 

यूरोपियन मुलुकमध्ये बढी आक्रान्त बनेको इटालीमा हालसम्म १ लाख ६२ हजार ४८८ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै २० हजार ४६५ जनाले ज्यान गुमाइसकेका छन्।

कोरोनाबाट २० हजार बढी ज्यान गुमाउने इटाली दोस्रो मुलुक हो। पहिलो नम्बरमा अमेरिका रहेको छ। त्यहाँ २५ हजार बढीले ज्यान गुमाइसकेका छन्।

गत डिसेम्बरदेखि फैलिएको कोरोना भाइरसबाट हालसम्म करिब २० लाख संक्रमित भइसकेका छन्। त्यस्तै १ लाख २५ हजार बढीले ज्यान गुमाइसकेका छन्।
 

प्रकाशित मिति: : 2020-04-15 06:47:38

प्रतिकृया दिनुहोस्