अमेरिकामा कोरोना संक्रमित संख्याको ग्राफ ओरालो लागिरहेको भए पनि मृतक संख्याको ग्राफ भने उकालै लागिरहेको छ। सोमबार विहानको तथ्यांक प्रिय भए पनि साँंझ पुग्दा त्यो तथ्यांक अप्रिय भैसकेको थियो।मंगलबार त विहानैदेखि मृतक संख्या अप्रिय छ र सम्भवत : आज एकै दिन कोरोना भाइरसबाट मर्नेको संख्याले नयाँ उचाइ छुने निश्चित छ।
यो समाचार तयार पारिरहेको बेला अमेरिकामा एकै दिन कोरोना भाइरस संक्रणमबाट मर्नेको संख्या २४०७ पुगेको छ । यो कीर्तिमानी आँकडा हो । यसअघि शु्क्रबार एकैदिन अमेरिकामा २०३५ को निधन भएर एकैदिन कोभिड-१९ बाट सबैभन्दा बढी मर्नेको डरालाग्दो कीर्तिमान बनेको थियो । तर, त्यसपछिका दुई दिनमा यो संख्यामा क्रमश: कमी आएको छ। आइतबार १८३० को मृत्यु भएकोमा सोमबार अझ घटेर १५२८ मा ओर्लिएको छ। मंगलबार थोरै बढेर १५३५ पुगेको थियो। तर, मंगलबार मृतक संख्याको नयाँ कीर्तिमान बनेको छ।
अमेरिकाकै कोरोना इपिसेन्टर मानिएको न्युयोर्कमा पनि सोमबार ७७८ को मृत्यु भएको छ जबकि शनिबार यहाँ ७५८ को निधन भएकोमा आइतबार ६७१ को मात्र निधन भएको थियो। न्युयोर्कमा भने हरेक विहान पछिल्लो २४ घण्टाको तय्थ्यांक सार्वजनिक गर्ने गरिएको छ।
अमेरिकाले मंगलबार केही अप्रिय तथ्यांकहरू दिदै कोरोनाका सबै कीर्तिमान भंग गरेको छ। संक्रमितको संख्या ६ लाख, मृतकको संख्या २६ हजार उकालो लगाएको अमेरिकामा मंगलबार २,४०७ को मृत्यु भएपछि एकैदिन मृत्यु हुने संख्याको पनि नयाँ कीर्तिमान बनेको छ।
अमेरिकामा नयाँ संक्रमितको संख्यामा भने शुकब्रारदेखि सोमबारसम्म घटे पनि मंगलबार केही बढेकी देखिएको छ। यसअघि शुक्रबार ३३ हजार, शनिबार ३० हजार र आइतबार २७ हजार नयाँ संक्रमित पाइएका थिए।सोमबार २६,६४१ पाइएकोमा मंगलबार त्यसमा केही बढेर २६,९४५ पुगेको छ।
यो समाचार तयार पारिरहेको बेलासम्म अमेरिकामा ५,७३,८१६ संक्रमित छन्। सोमबार १३,५१६ नयाँ सक्रमित पाइएका छन्। यो संख्या पनि आइतबारको यतिबेलासम्मको भन्दा थोरै हो।
यसैबिच अमेरिकामा कोरोना संक्रमित संख्या पनि ६ लाख उकालो लागेको छ । उो समाचार तयार पारिरहेको बेला अमेरिकामा संक्रमित संख्या ६१३८८६ पुगेको छ ।
यसैगरी मृतक संख्या पनि २६ हजार उकालो लागेर २६,०४७ पुगेको छ।