ओबामाले गरे बाइडनको समर्थन, अरू मजबुत बने बाइडन

बिएल संवाददाता

बोस्टन, अमेरिका

अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले जो बाइडनको राष्ट्रपति उम्मेद्वारीको समर्थन गरेका छन्। ८ वर्षसम्म आफ्ना उपराष्ट्रपति रहेका बाइडनको समर्थनमा ओबामाले मंगलबार एक भिडियो वक्तव्य जारी गरेका छन्। 

सन् २००८ देखि २०१६ सम्म अमेरिकाको राष्ट्रपति रहेका ओबामाले डेमोक्रेटिक पार्टीमा उम्मेद्वारी तय भएपछि समर्थन गर्ने बताउँदै आएका थिए। पाँच दिन अघि सिनेटर्स बर्नी स्याण्डर्सले उम्मेद्वारी स्थगित गरेर सोमबार बाइडनको समर्थन गरेपछि ओबामाले बाइडनलाई समर्थन गरेका हुन्।

उनले राष्ट्रपति ट्रम्पका कारण अमेरिकी चरित्र र गरिमा संकटमा परेको बताउँदै त्यसको पुनर्स्थापना र रक्षाका लागि बाइडन उपयुक्त उम्मेद्वार भएको बताए । कोरोना महामारी संकटबाट अमेरिकालाई मुक्त बनाएर गति दिन पनि बाइडनको अनुभव, योग्यता र शालिनता निर्विकल्प भएको बताए।

अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले जो बाइडनको राष्ट्रपति उम्मेद्वारीको समर्थन गरेका छन्। अमेरिकाका पहिलो अश्वेत राष्ट्रपति ओबामाको यो समर्थनले बाइडनको उम्मेद्वारी अरू मजबुत भएको छ।ओबामाको ८ वर्षे कार्यकालमा बाइडन उनका उपराष्ट्रपति थिए।

उनले सबै अमेरिकी मिलेर मात्र यो संकटबाट बाहिरिन सकिने बताउँदै त्यसका लागि ट्रम्पमा कुनै योग्यता नभएको पनि उनले बताए। 

ओबामा अहिले पनि अमेरिकाकै एक लोकप्रिय व्यक्तित्व हुन्। अमेरिकाका पहिलो अश्वेत राष्ट्रपति ओबामाको समर्थनले बाइडनलाई अरू बलियो बनाएको छ। 

हिजै मात्र अमेरिकी प्रगतिशील फाँटका आइकन बर्नीले बाइडनलाई समर्थन गर्दै उनको चुनावी अभियानलाई मजबुत बनाइ दिएका थिए। 

प्रकाशित मिति: : 2020-04-15 02:31:20

प्रतिकृया दिनुहोस्