काभ्रेमा किटबाट परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ

बिएल संवाददाता

काठमाडाै‌ं

वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोरोनो भाइरस परिक्षणको नतिजा पोजिटिभ आएको छ ।

संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ।

स्वाबको नमुना संकलन गरी परीक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । 

बेथानचोक–५ का ती युवा चैत ९ गते भारतबाट स्वदेश फर्किएका थिए। यस्तै मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवा भने चैत ७ गते दुबईबाट फर्किएका थिए। 

नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन बसेर उनीहरु घर गएका थिए। उनीहरुको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा राखिएको छ।
 

प्रकाशित मिति: : 2020-04-14 18:38:50

प्रतिकृया दिनुहोस्