मन्‍त्रिपरिषद्‍ बैठकमा पहिलो पटक मास्क र पञ्जासहित उपस्थित भए प्रधानमन्‍त्री

बिएल संवाददाता

काठमाडाै‌ं

मंगलबार बसेको  मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओली मास्क र पञ्जासहित उपस्थित भएका छन्। यसअघिका बैठकमा अन्य मन्त्रीले मास्क लगाए पनि प्रधानमन्त्री पहिलो पटक बैठकमा मास्क र पञ्जासहित उपस्थित भएका हुन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ११ः ३० मा सुरु भएको बैठक मन्त्रिपरिषद्को बैठक चलिरहेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण, रोकथाम र लकडाउनको विषयमा निर्णय गर्न बसेको बैठक लम्बिएको हो। 

बैठकको प्रमुख एजेन्डा लकडाउनको समय थप गर्ने रहेको छ।

यसअघि सरकारले वैशाख ३ गते राति १२ बजेदेखिसम्म लकडाउन गर्ने निर्णय गरेको थियो। नेपालमा एकजना कोरोना संक्रमित भेटिएपछि गत चैत ११ गतेदेखि लकडाउन गरेको सरकारले पटकपटक गरेर वैशाख ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। 

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा लकडाउन अवधि थप गर्ने तयारी सरकारको छ। भारतले आजैमात्र वैशाख २१ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ भने मृतकको संख्या तीन सय बढी छ। नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण पुष्टि भएको छ। 

प्रकाशित मिति: : 2020-04-14 15:10:25

प्रतिकृया दिनुहोस्