महावीर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सेट दाङका एम्बुलेन्स चालकलाई उपलब्ध गराइने भएको छ।
दाङका एम्बुलेन्स चालक र रक्तसञ्चार केन्द्रमा कार्यरतहरुका लागि पुनले निःशुल्क उपलब्ध गराएका ३६ थान पीपीई प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई मंगलबार हस्तान्तरण गरिएको छ ।
प्राप्त भएको पीपीई दाङमा आपत्कालीन समयमा सञ्चालनमा रहेका १४ वटा एम्बुलेन्स र रक्तसञ्चार केन्द्रलाई वितरण गरिने उनले बताए।
‘प्राप्त भएको पीपीई एम्बुलेन्स चालकलाई दिन्छौँ, यसले उहाँहरु र एम्बुलेन्समा सवार हुने बिरामीलाई थप जाखिम हुनबाट बचाउने ।’ दाङमा झण्डै पाँच दर्जन एम्बुलेन्स भए पनि विपदको समयमा १४ वटा एम्बुलेन्स चौबिसै घण्टा सेवा दिइरहेका छन् ।
अरु एम्बुलेन्स आवश्यकता अनुसार परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको छ ।