रेडक्रस सोसाइटी सिद्दिगणेश उपशाखा र परिवर्तनको लागि युवा समाजले गराए रक्तदान

रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी सिद्दिगणेश उपशाखा र परिवर्तनको लागि युवा समाजले रक्तदान कार्यक्रम गरेका छन्। सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेपछि रक्तदानसमेत ठप्प भएको छ।

आइतबारका भक्तपुरको मध्यपुर थिमि वडा नं ७ नगदेशस्थित श्री गणेश माध्यामिक विद्यालयमा आकस्मिक रकदान कार्यक्रम गरिएको युवा समाजसेवी निरज बाडे बताए। 

उनका अनुसार रक्तदानमा एक सय जनाको नामावली समावेश भएपनि ७५ जनाले रक्दान गरेको उनले जनाए। ‘एक सय जना इच्छुक भएपनि ७५ जनाले रक्दान गर्नुभएको छ,’उनले भने,‘कसैको ट्याटु त कसैको रक्तचापका कारण २५ जनाले रगत दिन पाउनु भएन।’

समाजसेवी बाडेले लकडाउनको समयमा पनि भिडभाड नगरिकन रक्दान गरिएको बताए। ‘हामीले रक्तदाताको नामावली पनि फोन र सामाजिक संजालमार्फत टिपाएका थियौं,’ उनले भने,‘ संभावित जोखिमलाई ध्यानमा राखेर करिव दूरी ३ मिटर राखेका थियौं।’

अहिले काठमाडौं लगायत उपत्यका ३ जिल्लामा रगतको हाहाकार भएको छ। सरकारले अस्पतालको ओपिडी सेवा बन्द गराए पनि सुत्केरी, डायलासिस र आकस्मिक शल्यक्रियाका लागि रगतको माग उच्च छ।

प्रकाशित मिति: : 2020-04-13 23:56:05

प्रतिकृया दिनुहोस्