बागलुङकी महिलाकाे र्‍यापिड टेस्ट गर्दा पोजेटिभ, तर कोरोना संक्रमण पुष्टि भएन

बागलुङमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजिटिभ नतिजा आएको ६५ वर्षीय एक महिलाको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।

आइतबार गरिएको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ आए पनि पीसीआरको पुनः परीक्षणमा नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिएका छन्।

‘र्‍यापिड टेस्टमा नतिजा पोजेटिभ आएपछि ती महिलाको स्वाब कलेक्सन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको थियो,’उनले भने,  ‘त्यहाँ गरिएको पीसीआर टेस्टले भने नतिजा नेगेटिभ देखायो।’

जिल्लामा २ जना कोरोना भाइरस संक्रमित भेटिएपछि आइतबारदेखि बागलुङमा र्‍यापिड टेस्ट थालिएको उनले बताए। 

५७ जनाको टेस्टमा अन्यको नतिजा नेगेटिभ आएपनि ती महिलाको नतिजा पोजेटिभ देखिएकोउनले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-13 19:14:21

प्रतिकृया दिनुहोस्