भारत र पाकिस्तानको सीमा क्षेत्रमा झडप, तीन जनाको मृत्यु

बिएल संवाददाता

नयाँदिल्ली

भारत र पाकिस्तानको सीमा क्षेत्रमा सेनाबीच झडप हुँदा तीन जनाको मृत्यु भएको छ। कश्मीरको कुपवाडा जिल्लाको रिहाइशीस्थित पञ्जगामको चौकीबल क्षेत्रमा  क्षेत्रमा झडप भएको हो।

भारतीय सेनाका प्रवक्ता कर्णेल राजेश कालियाले जारी गरेको वक्तव्यमा पाकिस्तानले गरेको आक्रमणमा एक महिलासहित तीनजनाको मृत्यु भएको उल्लेख गरिएको छ। 

भारतीय सेनाका अनुसार पाकिस्तानी सेनासँग एक हप्तासम्म नियन्त्रण रेखामा झडप भएको हो। त्यसपछि पाकिस्तानी सेनाले आइतबार रिहाइशी क्षेत्रमा मोटार आक्रमण गरेको भारतीय सेनाले दाबी गरेको छ ।

पाकिस्तानी सेनाले त्यसको खण्डन गर्दै सन् २००३ मा भएको युद्धविरामको भारतीय सेनाले उल्लंघन गरेको बताएको छ।

प्रकाशित मिति: : 2020-04-13 13:21:49

प्रतिकृया दिनुहोस्