९ वर्ष सांसद नहुँदा पनि बाँचेकै थिएँ, एक वर्षको तलब राहत कोषलाई दिन्छु: नारायणकाजी श्रेष्ठ

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक राहत कोषमा दिने घोषणा गरेका  छन्।

सोमबार ट्वीट गर्दै श्रेष्ठले राष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड–१९ कोष र बाँकी बिपन्न बर्ग केन्दृत आर्थिक राहात प्यकेजका लागि दिने  बताएका हुन्।

‘हामी अहिले कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं। यसबेला एकतावद्ध भई आ–आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी छ,’ श्रेष्ठले भनेका छन्, ‘यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड–१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्दछु।’

 

हामी अहिले कोभिड-१९ र उत्पन्न सँकटको सामना गरिरहेका छौं।यसबेला एकताबध्द भई आ-आफ्नो ठाँउबाट भुमिका खेल्नु जरुरी छ।

यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी बिपन्न बर्ग केन्दृत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गर्दछु।

— NKShresthaPrakash (@nksthaprakash) April 13, 2020

उनले सांसद नभएका बेला पनि घरखर्च पार्टीले दिँदै आएकोसमेत उल्लेख गरेका छन्। ‘घुस र भ्रष्टाचारको शत्रु हुँ। दैनिक जीवन चलाउन त परको कुरा निर्वाचनमा समेत ठूला कर्पोरेट हाउससँग चन्दा नलिने नीति सार्वजनिक गरी लागु गर्दै आएको छु,’ उनले भनेका छन्। ।‘

 

यस अघि बर्षौं साँसद नहुँदा जसरी नै।घरभाडा,गाडी र तेलखर्च पुर्ब पार्टीले दिदै आएको थियो।खाना सहितको सामान्य खर्च दाजुभाई र साथीहरुले।घुस र भ्रष्टाचारको शत्रु हुँ।दैनिक जीवन चलाउन त परको कुरा,निर्वाचनमा समेत ठुला कर्पोरेट हाउस सँग चन्दा नलिने नीति सार्वजनिक गरी लागु गर्दै आएको छु।

— NKShresthaPrakash (@nksthaprakash) April 13, 2020

उनले आफू घुस र भ्रष्टाचारको शत्रु भएको पनि बताएका छन्। ‘ घुस र भ्रष्टाचारको शत्रु हुँ। दैनिक जीवन चलाउन त परको कुरा,निर्वाचनमा समेत ठुला कर्पोरेट हाउस सँग चन्दा नलिने नीति सार्वजनिक गरी लागु गर्दै आएको छु,’ उनले भनेका छन्। 

 

साँसद नभएको यस अघिको ९ बर्षको अवधिमा पनि खाएकै थिएँ ,बाँचेकै थिएँ।

— NKShresthaPrakash (@nksthaprakash) April 13, 2020

उनले अन्तिममा लेखेका छन्, ‘सांसद नभएको यस अघिको नौ वर्षको अवधिमा पनि खाएकै थिएँ, बाँचेकै थिएँ।’

पदप्रतिष्ठा,सत्ताशक्ति र धनसम्पतिको क्षणिक सुख भएको उनले बताएका छन्। ‘पदप्रतिष्ठा,सत्ताशक्ति र धनसम्पतिको क्षणिक सुखलाई सत्य,ठीक र न्यायको पक्षधरताबाट मिल्ने आनन्द भन्दा बढी महत्वको ठान्ने भ्रमले लपेटेको धेरैलाई छ,’उनी लेख्छन्,‘यी सबै चीजले ब्यक्ति र समाजलाई हानि पुर्याइरहेको छ।’

प्रकाशित मिति: : 2020-04-13 11:48:12

प्रतिकृया दिनुहोस्