आपूर्ति व्यवस्थालाई सहज बनाउन पहल गरिरहेका छाैं : मन्त्री भट्ट 

बिएल संवाददाता

  काठमाडौँ 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले सङ्कटको समयमा आपूर्ति व्यवस्थालाई सहज बनाउन पहल गरिरहेको बताएका छन्।

नयाँ वर्ष २०७७ सालको अवसरमा सोमबार शुभकामना दिँदै उनले लकडाउनपछि जीविकोपार्जन तथा आपूर्तिको समस्याको चिन्ता थपिनु स्वभाविक भएता पनि सबैको सहयोगबाट आपूर्ति व्यवस्थालाई सहज राख्न र कालोबजारीको नियन्त्रण गर्न सकिएको बताएका हुन्।

'तत्कालका लागि आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकार अघि बढेको छ', उनले भने, 'जनताबाट प्राप्त सहयोगले नयाँ वर्षलाई उल्लेख्य प्रगतिको वर्षका रुपमा हेर्न सकिन्छ।'

सामूहिक प्रयासले सो चुनौतीको सामना गर्नसक्ने बताउदैं उनले भने, 'चुनौतीका पहाडलाई हाम्रो सामूहिक प्रतिबद्धता र पहलले पार गर्ने विश्वास व्यक्त गर्न चाहन्छु।'

प्रकाशित मिति: : 2020-04-13 11:08:22

प्रतिकृया दिनुहोस्