त्राहिमाम बनाइरहेको कोरोनामाथि जीतको वर्ष बनाऔँ: सभामुख सापकोटा

बिएल संवाददाता

काठमाडाै‌ं

सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ लाई धर्तीका सबै मानिसलाई त्राहिमाम बनाइरहेको कोरोना भाइरसमाथि जीतको वर्ष बनाउन आह्वान गरेका छन्।

नयाँ वर्षका उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइमा शुुभकामना सन्देश दिँदै उनले समृद्धि र दिगो विकासको बाटोमा अघि बढेको वर्षका रूपमा स्थापित गर्न आग्रह गरेका छन् ।

यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नयाँ वर्षको उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०७७ को उपलक्ष्यमा दिएको सन्देशमा उनले कोरोनाको संक्रकण नियन्त्रणका लागि नेपाल सरकारले लिएका नीति निर्णयहरूलाई अझ बढी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: : 2020-04-13 07:28:52

प्रतिकृया दिनुहोस्