बेलायती प्रधानमन्त्री स्वास्थ्य लाभ गरेर घर फर्किए

कोरोना भाइरसको संक्रमणविरूद्ध उपचार गराइरहेका बेलायती प्रधानमन्त्री बाेरिस जाेन्सन स्वास्थ्यमा आएको सुधारसँगै भर्खरै अस्पतालबाट घर फर्किएका छन्। उनी प्रधानमन्त्री निवास फर्किएको डाउलिङ स्ट्रिटले जानकारी दिएको छ। 

प्रधानमन्त्री कार्यालयका अनुसार उनी तत्काल काममा फर्किने छैनन्। लगभग एक साता मध्य लन्डनको सेन्ट थोमस अस्पतालमा उपचारार्थ प्रधानमन्त्री बोरिसले केही समय घरमै बसेर स्वास्थ्य लाभ गर्ने बताइएको छ। उनी गत आइतबार अस्पताल भर्ना भएका थिए। उनलाई सोमबारदेखि नै अक्सिजन चलाइएको थियो। 

प्रकाशित मिति: : 2020-04-12 18:51:22

प्रतिकृया दिनुहोस्