भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले नेपालीलाई भारत सरकारका आधिकारीक सूचनालाई मात्र पालना गर्न आग्रह गरेका छन्।
बिएल नेपाली सेवासँग कुरा गर्दै राजदूत आचार्यले भारतका तीन शहरमा १२ जना नेपालीलाई कोरोनाको संक्रमण देखिएको जानकारी दिए।
कोरोना संक्रमितको पछिल्लो अवस्था सामान्य रहेको भन्दै उनले सबैसँग दूतावास कार्यालयले नियमित सम्पर्कमा ररिहेको बताए।
‘यस्तो बेलामा होहल्ला निकै हुन सक्छन्। र अफबाहको पछि लाग्न हुँदैन। लकडाउनको अवस्थामा बाहिर जाने, हिड्ने भन्ने कुरा आफ्नो लागि खतरा हो। अरुको लागि पनि खतरा हो। त्यसैले घरमै सुरक्षित रहौं’, राजदूत आचार्यले भने।
उनले नेपालीलाई सबैभन्दा पहिले जहाँ छौं त्यही सुरक्षित रहन आग्रह गरेका छन् । यस्तो समयमा थप आतप–बिपत पर्यो भने दूतावासका आपतकालिन नम्बरमा सम्पर्क गर्नसमेत उनले अनुरोध गरे।
नेपाल र भारत सरकारबीच भारतमा रहेका नेपालीलाई भारत सरकारले सहयोग गर्ने समझदारी भएको जानकारी दिँदै भारतीय सरकार र स्थानीय निकायले लिकालेका सूचनामा मात्रै बिश्वास गर्न अपिल गरेका छन्। ‘अहिले जति सक्दो भेटघाट र शारीरिक दूरी ढाटा राखौं’, उनले भने।
भारतका विभिन्न शहरमा बसोबास गरिरहेका नेपालीलाई नआत्तिन उनको अनुरोध छ। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट बच्न संयममता अपनाउन राजदूत आचार्यले आग्रह गरेका हुन्।
भारत सरकारको निर्देशनमा राज्य सरकारले जारी गरेका नियमसमेत पालना गर्न सचेत गराएका छन्। ‘मैले भारत सरकार र उनका बिभिन्न निकायसँग सम्पर्क गरेर नेपाली नागरिकको पछिल्लो अवस्थाका बारेमा जानकारी लिने काम गरिरहेको छु’, उनले भने।
हेर्नुहोस् राजदूत आचार्यसँग गरेको कुराकानीको अडियो................