भारतमा सरकारी गाडी प्रयोग गर्ने सहसचिवदेखि माथिका सबै कर्मचारीलाई हाजिर हुन निर्देशन

बिएल संवाददाता

मुम्बाई,हिन्दी ब्यूराे

भारत सरकारले उच्च ओहोदाका सबै कर्मचारीहरुलाई काम फर्किन निर्देशन दिएको छ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तदारुकताका साथ काम गर्नुपर्ने भएकाले सरकारी सुविधाको गाडी प्रयोग गर्ने सहसचिवदेखि माथिका सबै कर्मचारीलाई आआफ्नो कार्यालयमा हाजिर हुन सरकारले भनेको हो।

सरकारी निर्देशनअनुसार सहसचिवदेखि माथिका सबै कर्मचारीलाई सोमबारदेखि कार्यालयमा हाजिर भएर काममा खटिनु पर्नेछ। हरेक मन्त्रालयहरुमा कम्तिमा एक तिहाइ कर्मचारीको उपस्थिति अनिवार्य भएको भारत सरकारको ठहर छ।

भारतमा १४ अप्रिलसम्म लकडाउन छ। महाराष्ट्र, पश्चिम बंगाल र तेलंगना प्रदेशहरुले भने ३० अप्रिलसम्म लकडाउन लम्ब्याउने निर्णय गरिसकेको भइसकेकाे छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि लकडाउन लम्बिएको बताइसकेका छन्।

शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले सबै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो वार्ता गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भइरहेका काम र गर्नुपर्ने थप कामबारे छलफल गरेका छन्। छलफलको क्रममा सबै राज्यका मुख्यमन्त्रीहरुले कम्तिमा दुई हप्तासम्म लकडाउन लम्ब्याउनुपर्ने सुझाव दिएका थिए।

भारतमा कोरोनाबाट हालसम्म २ सय ४२ जनाको मृत्यु भइसकेको छ भने सात हजार ५ सय २९ जनामा संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित मिति: : 2020-04-12 07:43:21

प्रतिकृया दिनुहोस्