लकडाउन : घरबासको कारोवार ठप्प

कोरोना-१९ को जोखिम रोक्नका लागि सरकारले गरेको घोषणा लकडाउनका कारण अहिले बाँके र बर्दियामा रहेका घरबास  सुनसान छन्। 

दुवै जिल्लाको राष्ट्रिय निकुञ्ज क्षेत्रमा खोलिएका घरबास पर्यटकको अभावमा सुनसान भएका हुन्। बर्दियाका गुलरिया र  ठाकुरद्वारा पर्यटनलाई आधार बनाएर खुलेका एक हजार सुविधासम्पन्न घरबासको कारोवार पनि शून्यमा झरेको मधुवन नगरपालिका वडा नम्बर १ वडाध्यक्ष परशुराम थारुले जानकारी दिए।
 
'लकडाउनले पर्यटकको आगमन नभएपछि अरबौँ लगानी गरेर सञ्चालनमा ल्याइएका बर्दिया, डल्लाका घरबास सञ्चालकहरु अहिले चिन्तित बनेको छ' उनले भने।
 
बर्दियाको बारबर्दिया नगरपािलका—९ को सत्खुलवा र  ठाकुरबाबा नगरपालिका—५ गोविन्दपुरको घरबासको अवस्था पनि दयनीय बनेको सञ्चालक कृष्ण चौधरीले बताए। बर्दिया मात्र हैन, बाँकेको गाभरमा रहेको घरबासको अवस्था पनि टिठलाग्दो भएको उनको भनाइ छ।

त्यसैगरी लकडाउनका कारण बर्दिया गुलरिया बजारका सानाठूला पसल, यातायात र होटल व्यवसायीले ठूलो घाटा भोग्नुपर्ने अवस्था सिर्जना भएको बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष विरु थारुले बताए।

प्रकाशित मिति: : 2020-04-11 14:41:45

प्रतिकृया दिनुहोस्