पाथीभरा क्षेत्र विकास समितिले सदरमुकामबासीलाई रायोको साग निःशुल्क वितरण गरेको छ।
सरकारले गरेको घोषणा लकडाउनका कारण घरैमा बसिरहेका बजारबासीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पाथीभरा क्षेत्रमा पर्ने तल्लो फेदीका विष्णु पौडेलले निःशुल्क प्रदान गरेको एक हजार ४७५ मुठा साग समितिले घरघरमा नै वितरण गरेको समितिका सदस्य गोपाल न्यौपानेले जानकारी दिए।
'सवारी साधनमार्फत घरघरमा पुर्याएर वितरण गरिएको हो', उनले भने, ' ग्रामीण क्षेत्रमा भन्दा बजार क्षेत्रमा समस्या हुने देखेर साग निःशुल्क वितरण गरेको हो।'
लकडाउनका कारण घर वरपर निस्कन नपाएका र संक्रमणको जोखिमले नजीकै लाग्ने हाटबजारमा निस्कनसमेत डराइरहेका बजारबासीले घरैमा लेकमा उत्पादित हरियो साग पाउँदा खुशी व्यक्त गरेको उनले बताए।
सागको ढुवानी, वितरणलगायत काममा समितिसहित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति समेत सहभागी थियो ।