‘सुपर ३०’ चीनमा रिलिज हुने पक्का

बलिउड अभिनेता ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’  चीनमा रिलिज हुने पक्का भएको छ।

कोरोनाको त्रास साम्य भएपछि चलचित्र चीनमा रिलिज हुने बताइएको छ। चीन प्रदर्शनको लागि चलचित्रको सेन्सर भइसकेको निर्माण पक्षले बताएको छ।

कोरोनाको संक्रमणका कारण बन्द भएका चीनका हलहरूमा अहिले सामान्य चहलपहल सुरु भएको छ। केही हलहरू खुलिसकेका छन् भने केही हलहरू खुल्ने तयारीमा छन्। तर, अहिले नै चलचित्रले हलबाट राम्रो कमाइ गर्नसक्ने अवस्था भने छैन।

बलिउड चलचित्रको लागि चीन एकदमै राम्रो व्यापारिक स्थान बनिरहेको छ। बलिउड चलचित्रले चीनबाट राम्रो पैसा उठाइरहेका छन्। यसअघि बलिउड चलचित्र ‘अन्धाधुन’ले चीनबाट राम्रो पैसा कमाएको थियो।
 
 २०१९ मा रिलिज भएको  ‘सुपर ३०’ चलचित्रलाई दर्शक तथा समीक्षक दुबैले रुचाएका थिए। चलचित्रले भारतबाट मात्रै एक सय ४६ करोड ९४ लाख कमाएको थियो।

प्रकाशित मिति: : 2020-04-11 13:15:33

प्रतिकृया दिनुहोस्