साउदी अरबमा शाही परिवारका झण्डै एक सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शाही परिवारको नजिकैको व्यक्तिलाई उद्धृत गर्दै साउदीमा शाही परिवारका झण्डै एक सय ५० जनामा कोरोना पुष्टि भएको बिबिसीले लेखेको छ।
संक्रमणबाट सुरक्षित हुन शाह सलमान जेद्दा शहरको एक द्वीप महलमा गएको बताइएको छ। यस्तै क्राउन प्रिन्स मोहम्मद बिन सलमान पनि केही मन्त्रीसँग सुरक्षित ठाउँमा गएका छन्।
साउदीमा रहेको किङ फैजल स्पेसलिस्ट हस्पिटलमा सबै उच्च व्यक्तित्वहरुको उपचारको लागि थप ५ सय बेड तयार पारिएको पनि जनाइएको छ।
कोरोना संक्रमणबाट बच्नको लागि साउदी सरकारले हवाई सेवामा प्रतिबन्ध लगाएको छ भने सबै धार्मिक स्थलको यात्रामा रोक लगाएको छ।