अमेरिकामा लेलिनको संघर्ष र सफलताको कथा

क्यान्सरसँगै जुध्दै पढाइ अनि काम, अहिले ४५ भन्दा बढी रेष्टुराँको लगाम

लेलिन कँडेल

न्युयोर्क, अमेरिका

२००८ मा १८ वर्षमा अमेरिका छिरेका लेलिन कँडेल अमेरिकाको एक फ्रेन्चाइज रेष्टुराँको उत्तरपूर्वी क्षेत्रका वरिष्ठ अपरेशन म्यानेजर हुन्। ४५ भन्दा बढी रेष्टुँराको व्यवस्थापन हेरिरहेका उनले अमेरिकाको बस्टनस्थित एक भारतीय रेष्टुराबाट अमेरिकी संघर्ष सुरू गरे। रेष्टुराँमा काम गर्दै बिजनेस म्यानेजमेन्टमा ग्राजुयेशन गरे। यहीबीचमा उनलाई प्राणघातक रोग क्यान्सर भयो। तर, त्यसमाथि पनि उनले विजय पाएँ। जीवनमा आफ्नो दु:ख र संघर्षको कथा कसैलाई नबाँढेका उनले क्वारान्टिनको यो बेला कसैका लागि आफ्नो कथा प्रेरणादायी हुन सक्छ भन्ने लागेर अंग्रेजीमा लेखें। त्यसैलाई न्युयोर्कमा अक्षरकर्मी ससाङ लामाले नेपालीमा अनुवाद गरेर गुण लगाए। त्यही संघर्ष र सफलताको प्रेरणादायी कथा यहाँ प्रस्तुत गरेका छौं।

....................

न्युयोर्कमा, भ्वाइस फर युथले आयोजना गरेको डा. सण्डुक रुइटको कार्यक्रममा, लेलिन कँडेलसित, मेरो पहिलोचोटि देखभेट भएको थियो। त्यस कार्यक्रमको संयोजकमध्ये उनी पनि एक थिए। बल्ड्याङ्ग्रे आँखा नभएका भए कता कता भ्लादिमिर इल्यिच लेनिनझैँ देखिने, लेलिन एकजना सक्रिय युवा भएको पत्तो लागिहाल्यो। मातापिता साम्यवादी धारकै हुनुपर्छ, तब न यस्तो दह्रै नाम जुराइ दिएछन उनलाई।

आज फेसबुकमा उनको छोटो मिठो प्रेरणादायी कथा पढेपछि थाहा लाग्यो, उनी त जुझारु, मेहेनती र पौरखी व्यक्ति रहेछन, भ्लादिमिर लेनिनजस्तै ! सानो उमेरमै जीवनको कठोर यथार्थसित हेलिनु परेको उनको वास्तविक कथा पढ्दा मेरो आँखै रसायो। सण्डुक दाइले भन्नुभएको 'सक्सेस डजन्ट कम इन सर्टकर्ट' भन्ने सत्यवाणीको याद आयो। लेलिनको सफलताको पछाडि कठोर मेहेनत, जुझारुपन, अदम्य साहसले साथ दिएको थियो।कथा उनले अंग्रेजीमा लेखेका छन्।अंग्रेजी भाषा कमजोर हुने थुप्रै नेपाली युवालाई हृदयगंम गरी मैले त्यो कथालाई नेपालीमा उल्था गरेको हुँ।

- ससाङ लामा, अनुवादक 

................

 

यो मेरो कथा हो,
तपाईंसँग पनि कथा छन् भने हामीलाई भन्नुहोस् हामी लेखिदिन्छौं

  • लेलिन कँडेल

आफ्नो जीवनको अनुभव र अनुभूति लिएर एकजनाले लेखेको कथा मैले केही दिन अघि पढेको थिएँ, सामाजिक सञ्जालमा। राम्रो लाग्यो। मैले पनि आफ्नो जीवनकथा अरुमा बाँडने निर्णय गरें, ताकि अरुले त्यसबाट केही हदसम्म प्रेरणा प्राप्त गरून्, खासगरी अमेरिकामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले (अन्य देशबाट अमेरिकामा अध्ययन गर्न आएका बिद्यार्थीलाई, यहाँँकाले अन्तर्राष्ट्रिय विद्यार्थी भन्ने गर्छन्)। पछिल्ला ८ बर्षमा, सामाजिक सञ्जालमा मेरा निजी दुखेसो कहिल्यै पोखिँन, किनभने मेरा निजी दु:ख बाँडेर, अरुहरुको मन दुखाउन चाहिँन। अहिले सबैजना हप्तौँ क्वारान्टिनमा बसेको बेला, मेरो कथाले शायद कसैलाई मदत गर्ला भन्ने सोचेँ। सक्दो छोटकरीमा लेख्ने कोशिस गरेको छु।

अरुहरु जस्तै म पनि अमेरिका आइपुगें पढ्नका लागि। सन् २००८ को कुरो हो ।१८ बर्षको ठिटो थिएँ। परिवारबाट टाढा रहन मलाई अवश्य नै गाह्रो थियो।

सन २००९ मा बष्टन सरें र एउटा कम्युनिटी कलेजमा भर्ना भएँ।मेरो भाग्य भनुँ कि के भनुँ, एकै हप्तामा मैले बष्टनमा काम पाएँ। कामचाँहि रेष्टुराँमा थियो।एकदमै चल्तीको भारतीय रेष्टुराँ थियो त्यो। दिनको १४ घण्टा र हप्तामा ५ दिन काम गर्थें, तलब हप्ताको ४०० डलर पाउँथें। नयाँँ कामदार भएकोले रेष्टुराँमा आइपर्ने सबैखाले काम मैले गर्नुपर्थ्यो।फुल टाइम कलेज जानु र १४-१४ घण्टा काममा जोतिनु एकदमै गाह्रो थियो। कलेजका गृहकार्य बस कुर्दै गर्दा, गरिरहेको हुन्थें। मेरो पहिलो कामप्रति, म सदैव कृतज्ञ रहनेछु, कारण त्यो त्यही ठाउँँ थियो, जहाँँ मैले पैसा र कामको महत्व थाहा पाएँ। त्यहाँ डेढ बर्ष काम गरेपछि, म अर्को भारतीय रेष्टुराँमा काम गर्न गएँ।पहिलाको अनुभवले मलाई राम्रो सिफ्टमा काम गर्ने मौका मिल्यो।

रो कथा पढनु भएकोमा धन्यवाद छ। यदि मेरोजस्तै मिल्दोजुल्दो कथा तपाईंँहरुसित छ र सामाजिक सञ्जालमा बाँडन चाहनु हुन्छ भने हामीलाई भन्नुस्। कहिल्यै कथा लेख्नु भएको छैन भने, तपाईंँ हामीलाई कथा भन्नुहोस्। हामी लेखी दिनेछौँ तपाईंँको कथा तपाईंँकै नाममा ! अनि अर्कोचोटिदेखि तपाईंँ आँफै लेख्न थाल्नुहुने छ।

सन २०११ मा, म बिरामी भएँ र अस्पतालमा भर्ना हुनुपर्‍यो। केही वायोप्सी परीक्षणपछि मभित्र स्टेज ३ को हड्किन्स लिम्फोविया रोग भएको पत्तो लाग्यो। शल्यक्रियापछि केमोथेरापिको लागि केही महिना पर्खिन पर्‍यो। भाग्यवश मेरो कलेजको दुईबर्षे कोर्सको अन्तिम सेमेष्टरमा थिएँ र वायोप्सी गर्नुअघि नै मैले ग्रयाजुएशन गरिसकेको थिएँ। शल्यक्रिया र केमोबाट जीउ तंग्रिन केही समय लाग्ने हुनाले, मैले पढाइलाई केही समय निरन्तरता दिन सकिन। सन २०१३ मा, ब्याचलर डिग्री लिनलाई पुन: म कलेज भर्ना भएँ। २०१५ मा मैले बिजनेश म्यानेजमेन्टको डिग्री हात पारें।

कलेज सिद्विनासाथ, न्युयोर्क शहरस्थित एउटा नयाँँ खोलेको रेष्टुराँमा, स्टोरम्यानेजरको काम अफर आयो, जुन चुनौतिपूर्ण थियो। कामका दौडान अनेकानेक गल्ती भए मबाट र तिनै गल्तिबाट मैले धेरै कुरा सिकें।

सन २०१७ मा, क्षेत्रीय म्यानेजरमा मेरो पदोन्नति भयो र न्युयोर्कस्थित तीन रेष्टुराँको देखभाल गर्नुपर्थ्यो। त्यही बर्ष म क्यान्सर फ्री भएको जानकारी दिइयो र अब मैले बेलाबेलामा क्यान्सर डाक्टर कहाँँ गैरहनु परेन। सन २०१८ मा क्षेत्रीय फ्रेन्चाइज अपरेशन म्यानेजरमा मेरो पदोन्नति भयो, जसानुसार अब मैले उत्तरपूर्वी क्षेत्रका स्टोरको रेखदेख गर्नुपर्थ्यो। सन् २०१९ मा पदोन्नति भएर म वरिष्ठ अपरेशन म्यानेजर भएँ। अहिले अमेरिकाको यस क्षेत्रका ४५ भन्दा बढी स्टोरको जिम्मेवारी मेरो काँधमा आइपरेको छ।

सन २००९ देखि मैले रेष्टुराँमा काम गरेँ। थुप्रै अनुभव र अनुभूति बटुलें। जीवनमा जे पाएँ, त्यसमा खुशी छु। जीवनप्रति कुनै गुनासो छैन। जीवनको यस दौडमा केही सहृलयी व्यक्तिसित भेटने मौका मिल्यो, जसको मदत बिना म जीवनको यो मोडमा उभ्भिन आइपुग्दिन थिएँ। सबैलाई मेरो भन्नु यही छ- सकारात्मक् रहनुहोस्; जे काम गरिरहनु भएको छ, मनले गर्नुहोस् ; मनपरेको काम गर्नुहोस् ; धैर्य गर्ने बानी बसाल्नुहोस् ! बस, यति गरेपछि जीवन सुन्दर भैहाल्छ।

मेरो कथा पढनु भएकोमा धन्यवाद छ। यदि मेरोजस्तै मिल्दोजुल्दो कथा तपाईंँहरुसित छ र सामाजिक सञ्जालमा बाँडन चाहनु हुन्छ भने हामीलाई भन्नुस्। कहिल्यै कथा लेख्नु भएको छैन भने, तपाईंँ हामीलाई कथा भन्नुहोस्। हामी लेखी दिनेछौँ तपाईंँको कथा तपाईंँकै नाममा ! अनि अर्कोचोटिदेखि तपाईंँ आँफै लेख्न थाल्नुहुने छ।

अहिलेलाई सुरक्षित रहनुहोस् !

प्रकाशित मिति: : 2020-04-10 00:50:51

प्रतिकृया दिनुहोस्