पुनः खनिए ट्रम्प, डब्लुएचओ भन्छ– राजीतिकरण गर्नु आगोसँग खेल्नु जस्तै हुनेछ

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) माथिको आक्रमण जारी राखेका छन्।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा पहिलोपटक डब्लुएचओमाथि आक्रामक रुपमा प्रस्तुत भएका ट्रम्पले बुधबारको ब्रिफिङ्गमा पनि त्यसलाई निरन्तरता दिएका हुन्। ट्रम्पले लगातार डब्लुएचओमाथि चीनको पक्ष लिएको अभियोग लगाउँदै आएका छन्।

बुधबार भएको ब्रिफिङ्गमा कोरोना भाइरस महामारीलाई बुझ्न तथा त्यसको नियन्त्रणका लागि चाल्नु पर्ने कदम पर्याप्त गर्न नसकेको भन्दै ट्रम्पले डब्लुएचओको आलोचना गरेका हुन्। डब्लुएचओले आफ्ना प्राथमिकताहरुलाई सही गर्नु पर्ने उनले बताएका छन्। 

डब्लुएचओलाई सहयोग प्रदान गर्ने वा नगर्ने भन्ने बारे अमेरिकाले अध्ययन तथा अनुसन्धान गरेर निर्णय उनले बताए। ‘सबैलाई सही तवरले व्यवहार गरिनु पर्छ। तर डब्लुएचओले त्यस्तो गरे जस्तो देखिँदैन,’ट्रम्पले भने। 

ट्रम्पले लगातार महामारीलाई लिएर आलोचना गरिरहेका बेला डब्लुएचओले भने महामारीलाई राजनीतिकरण नगर्न अपिल गरेको छ।

डब्लुएचओका प्रमुखले महामारीलाई राजीतिकरण गर्नु आगोसँग खेल्नु जस्तै हुने चेतावनी दिँदै विश्वव्यापी एकता र सहयोगका लागि आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2020-04-09 07:06:08

प्रतिकृया दिनुहोस्