कैलालीमा कोरोना भाइरसको संक्रमित व्यक्ति भेटिएको भन्दै फेसबुकमा गलत स्टाटस लेख्ने एक जना पक्राउ परेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत टीकापुर नगरपालिका १ को ‘ब्लक नम्बर १०’ मा संक्रमित भेटिएको भन्दै स्टास लेखेको आरोपमा टीकापुर नगरपालिका २ बस्ने पवनकुमार भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो ।
कोरोनाको त्रास फैलिरहेको बेला अफवाह फैलाएको भन्दै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए।
उनले आफूले संक्रमित भेटिएको भन्ने सुनेको र त्यही बुझ्नको लागि स्टाटर राखेको प्रहरी समक्ष बयान दिएका थिए।
उनीमाथि आवश्यक कारबाही हुने प्रहरी प्रवक्ता बस्नेतले बताए।