लकडाउनका बेला प्रयोग भइरहेको सात दिने पहेँलो रङको सवारी पास अब थपिएको लकडाउन अवधिभर मान्य हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडाैंबाट विभिन्न मितिमा जारी भएको सात दिने लेखिएको पास अब थपिएको लकडाउन अवधिभर मान्य हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।
प्रवक्ता श्रेष्ठका अनुसार पास भएकालाई पनि विशेष निगरानी गरिने भएकाले अनावश्यक काममा गाडी चलाउन पाइँदैन ।
एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिनेमाथि पनि महाशाखाले विशेष निगरानी तथा जाँच गरि कारबाही गर्न थालेको उनले जानकारी दिए।
यस्तै पासमा १ दिने, ३ दिने वा अन्यथा लेखिएका छन् भने अब त्यस्तो पासहरू भने आजबाट खारेज भएको छ ।