धैर्य र संयमित भएर लकडाउनको पालना गर्नुहोस् : मुख्यमन्त्री राई

 प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले धैर्य र संयमित भएर ‘लकडाउन’को पालना गर्न प्रदेशवासीलाई आग्रह गरेका छन्। 

सोमबार जारी गरेको भिडियो सन्देश अपिलमा देश र जनताको जीवनरक्षाका लागि मुुलुुक लकडाउनको अवस्थामा रहेको बताउदैं लकडाउनको पालना गर्न नागरिकलाई आग्रह गरेका हुन्।

'कोरोना कोभिड–१९ विरुद्धको लडाई उच्च सतर्कता, सावधानी र जनचेतनाले मात्र जित्न सकिन्छ', उनले भने, 'उच्च मनोबलका साथ नियमको पालना गरौं।'

सर्वसाधारणलाई बचाउने जिम्मा सरकारको भएकाले प्रदेश सरकार अहोरात्र नागरिकको साथमा रहेको उनको भनाइ छ। 'कुुनै पनि समस्या भए प्रदेश सरकारलाई जानकारी गर्नुहोस्', उनले भने, 'तर सहि सूचना मात्रै गर्नुहोस्।'

प्रकाशित मिति: : 2020-04-06 21:09:31

प्रतिकृया दिनुहोस्