कोभिड-१९ : मन्त्री पुनद्वारा स्वास्थ्य सामग्री प्रदान

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रोल्पामा कोभिड–१९ रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन्।

मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिइ), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका हुन्।

मन्त्री पुनले पिपिइ सेट ११० थान, पञ्जा एक हजार थान, आधा लिटरको सेनिटाइजर १३ वटा र मास्क एक हजार थान रोल्पा पठाएको  सचिवालयले जनाएको छ। 

स्वास्थ्यकर्मीले जोखिम मोलेर काम बेला ती स्वास्थ्य सामग्री जिल्ला अस्पतालसहित सबै स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिने मन्त्री पुनले जानकारी दिए। 

 जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनले ती सामग्री सङ्कलन गरी रोल्पाका १० वटै पालिकामा पठाएका हुन्।

 यसअघि पहिलो चरणमा मन्त्री पुनले नै पठाएका ४० थान पिपिइ, चार हजार थान मास्क र १० थान ज्वरो नाप्ने थर्मोमिटरलगायत स्वास्थ्य सामग्री जिल्लाका एक नगरपालिका र नौ गाउँपालिकामार्फत सम्बन्धित स्वास्थ्य संस्थामा पुगिसकेका छन्। 

प्रकाशित मिति: : 2020-04-06 16:49:00

प्रतिकृया दिनुहोस्