प्रदेश २ को राहत कोषमा कांग्रेसको ४० लाख सहयोग

नेपाली कांग्रेसले प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि स्थापना गरेको राहत कोषमा ४० लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ।

प्रदेश २ स्थित सबै जिल्ला कार्यसमितिको तर्फबाट कांग्रेस जिल्ला कार्यसमिति बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको हो।

त्यस्तै राहत कोषमा भाटभटेनी सुपर मार्केटले २५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ। राहत कोषमा अहिलेसम्म एक करोडभन्दा बढी रकम जम्मा भएको छ।

अहिलेसम्म कोषमा लक्ष्मी बैंकले १० लाख, सिभिल बैंकले ५ लाख, मेगा बैंकले ५ लाख, गण्डकी विकास बैंकले ४ लाख, कुमारी बैंकले १० लाख, माछापुच्छ्रे बैंकले ५ लाख, नेपाल बैंकले ५ लाख, सिटिजन्स बैंकले ७ लाख, कृषि विकास बैंकले ५ लाख र सिद्धार्थ बैंकले १० लाख रुपैयाँ जम्मा गरेका छन्।
 

प्रकाशित मिति: : 2020-04-06 14:56:40

प्रतिकृया दिनुहोस्